ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा तीव्रताका साथ काम गर्न सभामुखको निर्देशन


admin

पोखरा, ४ फागुन । प्रदेश नं ४ सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै तीव्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनीयताको शपथ लिएपछि पदबहाली गर्दै अधिकारीले सचिवालयका कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटोभन्दा छिटो काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “हामी हाम्रो स्थानबाट जुट्छौँ तपार्र्ईं तपाईको स्थानबाट जुट्नुहोस् । अब देश बनाउने जिम्मा हाम्रो कँधमा आएको छ ।’’

संघीयतालाई हेर्ने अझै धेरै भ्रम रहेको बताउँदै अधिकारीले ती भ्रम निवारण गर्न आवश्यक कानून छिटो छरितोरुपमा तर्जुमा हुनुपर्ने खाँचो औल्याउनुभयो ।

सभामुखको शपथ लिएर शहीदस्मृति पार्कमा शहीहदप्रति माल्यार्पण गरेपछि उहाँ सिधै नदीपुरस्थित प्रदेश भवन पुग्नुभएको थियो । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गर्दै उहाँले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

प्रदेश भवनमा पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका सचिव जीवराज बुढाथोकीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com