धनगढी, ७ जेठ । अत्याधिक गर्मी बढ्दै गएपछि प्रदेश ७ अन्तर्गतको प्रदेशसभासदस्यहरु बैठक कक्षमा बस्न नसक्ने अवस्थामा पुगेका छन् । प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो ...