ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि..


admin

धनगढी, ७ जेठ । अत्याधिक गर्मी बढ्दै गएपछि प्रदेश ७ अन्तर्गतको प्रदेशसभासदस्यहरु बैठक कक्षमा बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै डा रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँदाहुँदै पनि बैठकमा पङ्खा चल्ने व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको बताउनुभयो ।

प्रदेशसभा की ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले आफ्नो घरमा आठ दिनदेखि बन्द भएको बिजुली सञ्चालन हुन नसकेको भन्दै गर्मीकै कारण पङ्खा भएको अर्को घरमा डेरा सर्नु परेको बाध्यता सुनाउनुभयो ।

विद्युत् प्राधिकरणका प्रमुखलाई आठ दिनदेखि अवरुद्ध बिजुली सञ्चालन गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शाहले बैठकमा प्रश्न गर्नुभयो, “प्रदेशका माननीयहरुको सुनुवाइ त हुँदैन, सर्वसाधारणले व्यहोरिरहेको समस्याको सुनुवाइ कसरी हुन्छ ।”

केही दिनयतादेखि बढेको चर्र्को गर्मीका बीच आइतबारको प्रदेशसभा बैठक कक्षमा रहेका अधिकांश पङ्खा बन्द हुँदा पसिनाले असिन पसिन हुँदै सहभागीहरु सास्ती व्यहोरिरहेका देखिन्थे ।

प्रतिपक्षी बेन्च र पत्रकार बस्न बनाइएको दीर्घाका पङ्खा नचलेको देखिएपछि एक मर्यादापालक ‘पावर’ नभएको जवाफ दिइरहनुभएको थियो । सत्ता पक्षीय बेन्चतर्फ चलेका केही पङ्खाले तातो हावा फ्याँकिरहेको थियो ।

सत्ता पक्षका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले भन्नुभयो, “बैठक चलिरहँदा गर्मीले खलखली पसिना आउँछ, कतिखेर सदन सकिएला र बाहिर निस्कौँला भन्ने लाग्छ ।”

गर्मीका कारण प्रदेशसभा भवनको दर्शक र पत्रकार बस्न बनाइएको दीर्घामा उपस्थिति घट्दै गएको छ ।

प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बजेटको निकासा गर्न भएको ढिलाइका कारण प्रदेशसभा बैठकमा ‘एसी’ जडानको व्यवस्थापन गर्नमा ढिलाइ भएको बताउनुभयो ।

“गर्मी बढेको छ, बत्तीको पावर नै छैन,” सचिव शर्माले भन्नुभयो, १५ दिने सूचना निकालेर बैठक कक्षमा एसी जडानको व्यवस्थापन गर्न लागेका छौँ ।”

केही दिनदेखि बढेको गर्मीका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । गर्मीका कारण खास गरी वृद्धवृद्धा, विद्यालयका बालबालिका र दैनिक मजदूरी गरेर खाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । नेपालगञ्ज, सिमरा र धनगढी बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ महामन्त्री थापा

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com