ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारले प्रस्ताव नल्याएकाले प्रदेश ५ को नाम र स्थायी केन्द्र बन्न सकेन : सभामुख घर्ती


sharan sharan
बैशाख २७, २०७५ बिहीबार  १० : २५ बजे

बुटवल, २७ बैशाख ।
प्रदेश नं. ५ को प्रदेशसभाकाको प्रथम अधिबेशन ४ वटा बिधेयकहरु पास गर्दै सकिएको छ । प्रदेश सभा सचिवालयले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै सभामा ८ बिधेयक प्रस्तुत भएकोमा ४ वटा बिधेयक पास भएको जानकारी दिएको छ ।
२० घण्टा २ मिनेट बैठक बस्दै १७ दिनमा २२ वटा बैंठक सम्पन्न गरेको थियो । प्रदेश सभा सचिवालयका अनुसार सभाबाट ४ वटा विधेयक विधान समितिमा पठाइएकोमा विधान समितिले प्रतिबेदन सहित १ वटा विधेयक सभामा पेश गरेको र २ वटा विधेयक समितिमा नै विचारधिन र एक वटा विधेयक प्रदेश सभामा पेश भएपनि पास हुन बांकी रहेको छ । संसदको पहिलो अधिबेशनबाट प्रदेश नंं ५ को प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको आव ०७४÷०७५ को सेवा र कार्यहरुको लागि प्रदेश सचिव कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको थियो । त्यसैगरी विधान समितिले दफाबार छलफल गरी स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत पास गरेको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश नंं ५ का सभामुख पुर्णबहादुर घर्तीले प्रदेश सभाको भौतिक पुर्वाधार नभएकै अवस्थामा पनि निकै सौहार्दपूर्ण तरीकाबाट प्रथम अधिवेशन सकिएको दाबी गर्नुभयो । उहांले सभाले गर्नुपर्ने प्राय सबै कामहरु समय सिमा भित्रै सम्पन्न गरेको बताउंदै प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामको प्रस्ताव सभामा प्रस्तुत नगरेकाले त्यो काम भने बांकी रहेको स्पष्ट पार्नुभयो । सबैलाइ मान्यहुने गरि प्रदेशको स्थायी केन्द्र प्रस्ताव गर्न प्रदेश सरकारले यस बैठकमा प्रस्ताव नल्याएको हुन सक्ने घर्तीको अनुमान थियो ।
पत्रकार भेटघाटमा प्रदेशसभाले गरेका गतिबिधीका बारेमा प्रदेश सभा सचिवालयका सचिव मानबहादुर बिश्वकर्माले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com