ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरिने


admin

जनकपुरधाम, ३ वैशाख । प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिनिर्माणको गृहकार्य भइरहेको छ ।

लगानी बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशमा ‘लगानीका सभाव्य क्षेत्र’ विषयको अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश नं २ मा उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, कृषि, रेल्वेलगायत क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र हुन सक्ने बताउनुभयो ।

सं्घीय, प्रदेश र स्थानीय सरकारबीचको कानूनी जटिलताको प्रष्टता र ऐनकानूनको निर्माणको आवश्यकतामा जोड दिँदै उहाँहरूले प्रदेशमा साधनस्रोत र अवसर पर्याप्त रहेकाले संघीय सरकारल द्विविधाजनक मानसिकता त्याग्नु जरूरी छ भन्नुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले वैकल्पिक ऊर्जा, सिँचाइ, फोहरमैला व्यवस्थापन र कृषिको आधुनिकीकरण गर्ने विषय पनि लगानीकर्ताका लागि आकर्षणका क्षेत्र हुन सक्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशलाई लगानीमैत्री बनाउने कानून निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । भूमि व्यवस्था सहकारीमन्त्री शैलेन्द्र साहले उर्वर भूमि, भौगोलिक सुगमता र अन्तर्राष्ट्रिय व्यापारका हिसाबले प्रदेश महत्वपूर्ण रहेको जानकारी गराउनुभयो ।

प्रदेश मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशलाई लगानीमैत्री बनाउने नीतिअनुरूप सरकारले प्रदेश लगानी बोर्ड स्थापना गर्ने अवधारणा लिएको बताउनुभयो । बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले प्रदेश नंं २ मा वीरगञ्ज–काठमाडौंँ रोपवे सेवा, पूर्वपश्चिम रेल सेवा, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि मल कारखाना सम्भाव्य लगानी क्षेत्रमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com