ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरिने


admin
बैशाख ३, २०७५ सोमबार  ६ : १८ बजे

जनकपुरधाम, ३ वैशाख । प्रदेश नं २ लाई लगानीमैत्री प्रदेशका रूपमा विकास गरी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीतिनिर्माणको गृहकार्य भइरहेको छ ।

लगानी बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशमा ‘लगानीका सभाव्य क्षेत्र’ विषयको अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश नं २ मा उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, कृषि, रेल्वेलगायत क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र हुन सक्ने बताउनुभयो ।

सं्घीय, प्रदेश र स्थानीय सरकारबीचको कानूनी जटिलताको प्रष्टता र ऐनकानूनको निर्माणको आवश्यकतामा जोड दिँदै उहाँहरूले प्रदेशमा साधनस्रोत र अवसर पर्याप्त रहेकाले संघीय सरकारल द्विविधाजनक मानसिकता त्याग्नु जरूरी छ भन्नुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले वैकल्पिक ऊर्जा, सिँचाइ, फोहरमैला व्यवस्थापन र कृषिको आधुनिकीकरण गर्ने विषय पनि लगानीकर्ताका लागि आकर्षणका क्षेत्र हुन सक्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशलाई लगानीमैत्री बनाउने कानून निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । भूमि व्यवस्था सहकारीमन्त्री शैलेन्द्र साहले उर्वर भूमि, भौगोलिक सुगमता र अन्तर्राष्ट्रिय व्यापारका हिसाबले प्रदेश महत्वपूर्ण रहेको जानकारी गराउनुभयो ।

प्रदेश मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशलाई लगानीमैत्री बनाउने नीतिअनुरूप सरकारले प्रदेश लगानी बोर्ड स्थापना गर्ने अवधारणा लिएको बताउनुभयो । बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले प्रदेश नंं २ मा वीरगञ्ज–काठमाडौंँ रोपवे सेवा, पूर्वपश्चिम रेल सेवा, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि मल कारखाना सम्भाव्य लगानी क्षेत्रमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com