काठमाडौं १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको पार्थिव शरीर आज हेलिकप्टरमार्फत उनको गृहजिल्ला भैरहवा लगिँदैछ। मंगलबार बिहान उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा बोहराको ७६ वर्षको उमेरमा निधन भएको थियो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज भैरहवा पुर्याएर शव आजै फेरि काठमाडौँ फर्काइनेछ। ...