ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली आज थाइल्यान्ड उड्दै, यस्तो छ भ्रमण सूची


एबीसी न्यूज
चैत्र १९, २०८१ मंगलबार   ८ : ०९   बजे

काठमाडौं १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज चैत १९ गते थाइल्यान्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्।

यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान गर्ने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा दिउँसो १२स्३० बजे समाचार संकलनका लागि प्रधानमन्त्रीको सचिवालयले सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रधानमन्त्री ओलीका अनुसार थाइल्यान्डमा पहिलोपटक कूटनीतिक भ्रमण हुन लागेको हो। नेपालका तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण हुँदै छ। उनले भने, ‘यो भ्रमण आफैँमा महत्त्वपूर्ण हो भन्ने म ठान्दछु।’

थाइल्यान्डका राजासँग चैत २० गते औपचारिक भेटवार्ता हुने उनले जानकारी दिएका छन्। त्यसैगरी त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले सोमबारै संसद्‌मा बताएका छन्।

‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उनले भने।

थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्रीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९एआईटी० मा सम्बोधन गर्नेछन्।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायताबापत १ लाख अमेरिकी डलर दिने निर्णय मन्त्रिपरिषद्ले बैठकले गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठक सोमबार राति बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Auto Draft

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group