काठमाडौ २४ असार । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशहरुलाई ...