ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीको बाढीमा बगे बर्दियाका ५ जना


abc news

काठमाडौ २४ असार । रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा बेपत्ता ९ नेपालीमध्ये ५ जना एकै जिल्ला बर्दियाका परेका छन्।

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको बेपत्ताहरूको सूचीमा बर्दिया जिल्ला ठेगानामा भएका ५ जना छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपालीलाई बगाएको हो।

जसमा बर्दिया ठेगाना भएका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु छन्।

बाँकी ४ नेपालीमा बागलुङ घर भएका, वर्ष नखुलेका नरेन्द्र विक, सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक, वर्ष नखुलेका फुर्वा लामा, ठेगाना र वर्ष नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।

बाढीमा उनीहरूसँगै ६ चिनियाँ पुरुष पनि बाढीमा बगेका छन्। प्रहरीका अनुसार भोटेकोसीको बाढीपछि चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ बेपत्ता छन्।

यसैगरी उद्धारमा खटिका तीन प्रहरीलाई पनि बाढीले बगाएको छ।

रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, रामेछाप लिखु तामाकोसी गाउँपालिका(४ ठेगानाका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, पर्सा जिल्ला प्रहरी कार्यालय दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बाराको फेटा गाउँपालिका(१ ठेगानाका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत, बझाङको बुंगल नगरपालिका(९ ठेगानाका २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएका हुन्।

सबै गरेर अहिलेसम्म बाढीमा १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com