ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली नदीमा २ शव भेटिए, रसुवागढीबाट बेपत्ताको शव हुनसक्ने आशंका


abc news
असार २४, २०८२ मंगलबार  १२ : ३१ बजे

काठमाडौ २४ असार । धादिङस्थित त्रिशूल नदी किनारमा दुई पुरुषको शव फेला परेको छ। धादिङ प्रहरीका अनुसार ती शवको सनाखत हुन बाँकी छ।

मंगलबार बिहान १० बजेतिर गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा अन्दाजी ३५(३६ वर्षका एक पुरुषको शव फेला परेको धादिङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी० सुवास हमालले जानकारी दिए। उनका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।

त्यसैगरी, आज बिहान नै गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित त्रिशूली नदी किनारमा अन्दाजी ३५(४० वर्ष उमेरका अर्का पुरुषको पनि शव भेटिएको छ।

दुवै शव फेला परेको स्थानमा प्रहरीको टोली पुगेको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

शवको पहिचान खुल्न बाँकी रहेको र शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

ती शव आज बिहान रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएकाहरुको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि, यसको पुष्टि हुन भने बाँकी रहेको हमालले बताए।

ती शवलाई पोष्टमार्टमका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। आज बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ।

यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि बाढीले बगाएको छ। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com