काठमाडौं १६ चैत । गाजा–इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च १८ पछिको ११ दिनमा इजरायली आक्रमणमा परी आठ सय ९६ जनाको ज्यान गएको छ ...