ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविराम तोडिएपछि गाजामा इजरायली आक्रमण तिव्र


एबीसी न्यूज
चैत्र १६, २०८१ शनिबार  ६ : ३६ बजे

काठमाडौं १६ चैत । गाजा–इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च १८ पछिको ११ दिनमा इजरायली आक्रमणमा परी आठ सय ९६ जनाको ज्यान गएको छ । यस्तै आक्रमणमा एक हजार नौ सय ८४ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम ९डब्लू एफ पी० ले इजरायली नाकाबन्दीका कारण गाजामा तीन हप्ताभन्दा बढी समयदेखि मानवीय सहायता र खाद्य सामग्री आपूर्ति अवरुद्ध हुँदा हजारौं प्यालेस्टिनी भोकमरी र कुपोषणको चपेटामा परेको चेतावनी दिएको छ । इजरायल–गाजा युद्ध शुरु भएयता अहिलेसम्म इजरायली आक्रमणमा परी ५० हजार दुई सय ८ जना प्यालेस्टिनीको ज्यान गएको छ । एक लाख १३ हजार नौ सय १० जना घाइते भएका छन् ।

इजरायलमा सन् २०२३ अक्टोबर ७ तारिखमा हमासको आक्रमणमा परी कम्तीमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो । यस्तै दुई सय जनाभन्दा धेरै मानिस अपहरणमा परेका थिए । यस्तै इजरायलले नोभेम्बरमा हिजबुल्लाहसँग भएको युद्धविरामपछि पहिलो पटक बेरुतमा पनि आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com