ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविराम तोडिएपछि गाजामा इजरायली आक्रमण तिव्र


एबीसी न्यूज

काठमाडौं १६ चैत । गाजा–इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च १८ पछिको ११ दिनमा इजरायली आक्रमणमा परी आठ सय ९६ जनाको ज्यान गएको छ । यस्तै आक्रमणमा एक हजार नौ सय ८४ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम ९डब्लू एफ पी० ले इजरायली नाकाबन्दीका कारण गाजामा तीन हप्ताभन्दा बढी समयदेखि मानवीय सहायता र खाद्य सामग्री आपूर्ति अवरुद्ध हुँदा हजारौं प्यालेस्टिनी भोकमरी र कुपोषणको चपेटामा परेको चेतावनी दिएको छ । इजरायल–गाजा युद्ध शुरु भएयता अहिलेसम्म इजरायली आक्रमणमा परी ५० हजार दुई सय ८ जना प्यालेस्टिनीको ज्यान गएको छ । एक लाख १३ हजार नौ सय १० जना घाइते भएका छन् ।

इजरायलमा सन् २०२३ अक्टोबर ७ तारिखमा हमासको आक्रमणमा परी कम्तीमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो । यस्तै दुई सय जनाभन्दा धेरै मानिस अपहरणमा परेका थिए । यस्तै इजरायलले नोभेम्बरमा हिजबुल्लाहसँग भएको युद्धविरामपछि पहिलो पटक बेरुतमा पनि आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com