काठमाण्डौं, ३ मंसिर । रत्नपार्कमा सार्वजनिक शौचालयबाट बायोग्यास झण्डै ६ लाखको लागतमा काठमाण्डौंको रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ । शौचालय दिवसको अवसरमा मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गर्नुभएको छ । एरोशान नामक संस्थासँगको सहकार्यमा प्लान्ट निर्माण गर्न लागिएको शाक्यले बताउनुभयो । ...