ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घलेम्दीखोलाको विद्युत् छ महिनामा परीक्षण उत्पादन हुने


admin
पुस १, २०७४ शनिबार  १२ : १७ बजे

म्याग्दी, १ पुस । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ ।

आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक÷निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार पावरहाउसको शिलान्यास गर्नुभएको हो ।

नीलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नीलगिरि खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी रिटेनिङ वालसहितको संरचना बनाइएको छ ।

निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रबन्धक÷निर्देशक श्रेष्ठले बताउनुभयो ।

सुरूङ मार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपसमेत ढुवानीको तयारी भइरहेको छ । पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपवेका निर्माण कार्य शुरु भएको छ । आयोजनाको ड्याम, इन्टेकमा आवश्यकपर्ने निर्माण सामग्रीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माण कार्यलाई सहज भएको आयोजनाले जनाएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट निर्माण भइरहेको संरचनाको दैनिक सञ्चालक समितिका सदस्यबाट निगरानी, मजदुर र ठेकेदारलाई आवश्यक पर्ने सामग्री सुरूङ मार्गबाट ट्र्याक्टरमा ढुवानी गर्ने गरिएको छ । आयोजनाको मुख्य काम सुरूङ मार्गको फिनिसिङको कामलाई समेत तीव्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘विमल’ ले बताउनुभयो ।

पावर हाउसदेखि ड्यामसम्म करिब १५० जना मजदुर कार्यरत छन् । दैनिक गरिने कामको अघिल्लो दिनमै योजना बनाइने भएकाले पनि निर्माण कार्य सहज भएको रिजालको भनाइ छ । रोपवेमार्फत करिब २०० मिटरमाथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको बताउनुभयो ।

आयोजनाका संस्थापक सेयरलेसमेत निर्माण कार्यको प्रगतिले आफ्नो लगानी सुरक्षित भएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्याम आसपासको संरचनामा भइरहेको कामको म्याग्दीका साथै देशभर रहेका लगानीकर्तासमेत पुग्ने गरेका छन् । आगामी छ महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ ।

सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ । रु ३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा विभिन्न वित्तिय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com