काठमाडौँ, १ पुस । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ ।

k|wfgdGqL k’iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn’jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वासका साथ चेम्वरका पदाधिकारी एवं कार्यसमितिको टोलीले उहाँलाई बधाई दिनुभएको चेम्बरका महासचिव कमलेश कुमार अग्रवालले जनकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह गर्नुभयो ।
चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीलाई सुधार गरी लागनी मैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिदैं आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्