ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण कार्यमा लापर्वाही, नतिजा ७५ लाख जरिवाना


admin

चितवन, ३ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ । सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

(निर्माणाधिन नारायण- मुग्लिन सडकखण्ड)

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । पहिलो खण्डको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीबाट रु आठ लाख र तेस्रो खण्डको सुप्रिम तथा रौताहा निर्माण कम्पनीबाट रु ६७ लाख जरिवाना असुल गरिएको छ ।

खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको छ । सो सडकखण्ड दुई वर्षभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको थियो ।

पहिलो खण्डको रु ६१ करोड, दोस्रो खण्डको रु ९८ करोड र तेस्रो खण्डको रु एक अर्ब ३१ करोडमा ठेक्का दिइएको थियो । खनालका अनुसार ठेक्का दिँदा समयलाई तीन भागमा विभाजन गरेर पहिलो आठ महिनामा १५ प्रतिशत, दोस्रो आठ महिनामा ५० प्रतिशत र तेस्रो आठ महिनामा बाँकी काम सम्पन्न गर्नुपर्ने शर्त राखिएको थियो । दोस्रो आठ महिनाको समयमा ५० प्रतिशत काम सम्पन्न नगरेपछि पहिलो खण्ड र तेस्रो खण्डका निर्माणमा कम्पनी जरिवानामा परेका हुन् ।

भूकम्प, नाकाबन्दी, चक्काजामलगायतका कारण थप भएको समयसीमामा पनि काम सम्पन्न नगरेपछि उनीहरुलाई जरिवाना गरिएको हो ।

पहिलो आठ महिनामा निर्धारित काम नभएमा शून्य दशमलव ००७५ प्रतिशत, दोस्रो आठ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०२५ प्रतिशत र तेस्रो आठ महिनामा काम सम्पन्न नभएमा शून्य दशमलव ०५ प्रतिशत जरिवाना गरिने सम्झौता गरिएको थियो ।

कूल ३२ दशमलव २ किमी लम्बाइ रहेको सो सडकको हालसम्म १३ दशमलव ५ किमी सडकको एक तहको कालोपत्र भएको छ । तीन तह कालोपत्र गर्नुपर्ने हुन्छ । बाँकी भागको कालोपत्र र ८०० मिटर भित्तो काट्ने काम बाँकी नै रहेको छ ।

सन् २०१५ को अप्रिलमा दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी तीन वटा निर्माण कम्पनीलाई सो सडकको ठेक्का दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकतामा रहेको यो सडकमा विभिन्न बहानामा निर्माण कम्पनीले निर्माणमा ढिलाइ गरिरहेका छन् ।

तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किमी सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि अब २०१८ फेब्रुअरीसम्म पुगेको छ । पहिलो खण्डको मिति फेब्रुअरी १४ र तेस्रो खण्डको फेब्रुअरी २० सम्म मिति थप गरिएको छ ।

गएको चैत महिनायता पहिरो, वर्षा, दुई पटकको निर्वाचनलगायतका कारण काम रोकिएको र त्यो समयको म्याद थप गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । खनालका अनुसार बढीमा ४५ दिनसम्म म्याद थप हुन सक्ने देखिएको छ । आउँदो चैत मसान्तसम्ममा सडक सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।

हालसम्म सडकको ६६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६७ दशमलव १ प्रतिशत, दोस्रो खण्डमा ६९ दशमलव ५ प्रतिशत र तेस्रो खण्डमा ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

एशियन हाइवेअन्तर्गतको एएच ४ टु खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्छ । चीन हुँदै नेपालको कोदारी–काठमाडौँ, नागढुंगा–नौबिसे, मुग्लिन–नारायणगढ, हेटौँडा–वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एशियन हाइवेको एक खण्ड हो ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com