ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशको रकम गाँउमै लगानी, कृषि फार्म सञ्चालनमा


admin

मोरङ, ३ पुस। विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी खेतीसँगै उहाँले माछापालन, हाँस, कुखुरापालन समेत गर्नुभएको छ ।

उर्लाबारी–२ मा अढाइ बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती शुरु गर्नुभएका खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । जग्गा भाडामा लिएर रु २८ लाखको लगानीमा खतिवडाले शुरु गर्नुभएको सो फार्ममा १० जनाले रोजगारीसमेत पाएका छन् ।

फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका विभिन्न शहरमा बिक्री गर्ने खतिवडाको योजना छ । “परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँं”, उहाँले भन्नुभयो, “युवा पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।”

वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवं अग्र्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com