काठमाडौँ, ११ फागुन । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ । पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले शुरु गरेको सो प्रदर्शनीको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ...