ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५५ लाख लागतमा तटबन्ध निर्माण शुरु


admin

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वयमा मर्सिकोरको सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत विपद्को उच्च जोखिममा रहेका समुदायलाई सुरक्षा प्रदान गर्न तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो ।

विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिका–२ र ३ को कार्यालयसँग सहकार्य गरी सुनवरा र -यालि नदीमा ८५० मिटर जैविक तटबन्धन निर्माणका लागि कुल रु नौ लाख १० हजार ४६३ को सम्झौता भएको परियोजना अधिकृत महेश घिमिरेले बताउनुभयो ।

तटबन्धन निर्माणका लागि शुक्लाफाँटा वडा कार्यालय २ र ३ बाट रु पाँच लाख, परियोजनाबाट रु दुई लाख २४ हजार ६०५ र समुदायको श्रमदानमा रु एक लाख ६५ हजार ८५८ बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

यसैगरी, रु १४ लाख ४३ हजार पाँच सय ६९ को लागतमा सोही नगरपालिका– १२ दुवहामा एक हजार मिटर जैविक तटबन्धन निर्माण हुने सम्झौता भएको अधिकृत घिमिरेले बताउनुभयो । उक्त बजेटमध्ये नगरपालिकाको वडा कार्यालयबाट रु दश लाख, परियोजनाबाट रु दुई लाख २२ हजार नौ सय ७४ र समुदायको श्रमदानबाट रु दुई लाख ४० हजार ५९४ विनियोजन भएको छ ।

त्यस्तै, रु चार लाख ८८ हजारको लागतमा कृष्णपुर नगरपालिकामा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ । उक्त तटबन्ध निर्माणका लागि परियोजनाबाट रु ९४ हजार ३९४ नगरपालिकाबाट रु एक लाख ९९ हजार ९२० र समुदायको श्रमदानबाट रु एक लाख छ हजार ५६८ खर्च हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com