ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक तथा व्यापार मेला फागुन २० गते देखी


एबीसी न्यूज

धनकुटा, १० फागुन । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक तथा व्यापार मेला फागुनको २० गतेदेखी सुरु हुने भएको छ । धनकुटामा प्रदेश १ को स्थायी राजधानी माग गर्दै केही दिन अघिसम्म जारी आन्दोलनका माघ २९ गते देखि सुरुहुने भनिएको महोत्सव फागुन २० गते देखि संचालनमा आउने भएको आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जानकारी दिएको छ । महोत्सवमा कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिईने छ ।


घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु एवं कृषि उपज लगायत नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएसमा रहेका वस्तुहरुको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्यले मेला, प्रदर्शनी एवं महोत्सव गर्न लागिएको आयोजक जानकारी दिएको छ । व्यापार मेला तथा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको मुख्य आकर्षणमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रर्दशनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रर्दशन, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, सँस्कृति झल्कने कार्यक्रम तथा वस्तुको प्रर्दशनी रहने भएको छ । महोत्सवमा प्रर्दशनी स्थल १ सय २५ र फुड स्टल २५ गरि १ सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com