ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय उत्पादनसँगै पर्यटन प्रवद्र्धनको लागि अछाम महोत्सव


admin

अछाम । अछाम उद्योग वाणिज्य संघले पहिलो पटक प्रथम अछाम महोत्सवको आयोजना गरेको छ । “स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि अछाम महोत्सव” भन्ने मुल आधार भन्ने मूल नाराका साथ फागुन २ गतेबाट सुरु भएको महोत्सव १० गते सम्पन्न हुनेछ ।
जिल्लामा उत्पादित बस्तुको वजारिकरण गर्ने महोत्सव उद्देश्य रहेको अछाम उद्योग वाणिज्य संघले जनाएको छ । यहाँको कृषि, जडिबुटी तथा हस्तकलाका उत्पादनलाई व्यवसायीकरण गर्नु महोत्सवको उद्देश्य रहेको उद्योग वाणिज्य संघका महासचिव बम बहादुर रावलले जानकारी दिनुभयो । महोत्सवमा राखिएका खुकुरी, तरबार, अल्लबाट उत्पादन भएको कपडा, एउटै बोटमा ५ सय वटा फलेको खुर्सानी लगायतका उत्पादन महोत्सवका मुख्य आकर्षण रहेको उद्योग वाणिज्य संघका महासचिव रावलले जानकारी दिनुभयो ।
महोत्सवमा अछामको वुढीगंगाका माछा पनि दर्शकले रुचाएका छन् । महोत्सव आर्थिक कारोवार राम्रो भएको एक जना व्यवसायी हेमराज कुँवर महोत्सवबाट दैनिक रुमा भएको आम्दानी प्रति खुसी देखिन्छन् । मेला महोत्सवले व्यापार व्यवसाय प्रर्वद्धन हुने गरेका उनको भनाई छ । यस्तै महोत्सवले अछामका पर्यटकीय स्थलहरु खप्तड, चार धाममध्येक एक धाम वैजनाथ धाम, रामारोशन, कालेकाँडाको चिलतडा, विनायकको पञ्चदेवल, जिमराडी लगायत क्षेत्रको प्रचारप्रसामा टेवा पुग्ने अछाम उद्योग वाणिज्य संघको आर्थिक समितिका संयोजक हिक्मत कुँवरले जानकारी दिए ।
उनले प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार गर्दै आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई भित्र्याउने महोत्सवको उद्देश्य रहको बताए । “काठमाडौं भन्दा धेरै पर रहेको पर्यटनको सम्भावना रहेको अछाममा राज्यको ध्यान पनि गएन ।” महासचिव रावले भने–“महोत्सवका माध्यमबाट राज्यको ध्यान आकर्षण गर्न लक्ष्य रहेको छ ।” जिल्लाका प्रमुख पर्यटकिय महत्वका क्षेत्रहरु खप्तड तथा रामारोशनमा विभिन्न प्रजातिका जटिबुटी, फूल बनस्पतीको वारेमा पनि जानकारी गराउनु पनि महोत्सवले टेवा पुग्ने अध्यक्ष कडायतको भनाई रहेको छ ।
महोत्सव समाप्त भएपछि यहाँका पर्यटन क्षेत्रको विकासको लागि ठोस कार्ययोजना बनाई अघि बढ्ने योजना रहेको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले जानकारी दिए । उनले भने रामारोशनमा होम होम स्टे सञ्चालन देखि यहाँका पर्यटकिय स्थलहरुमा महोत्सवबाट संकलन भएको रकम लगानि गरिनेछ । “अछाम पर्यटकीय सम्भावनाका वोकेको क्षेत्र हो ।” उनले भने– “नेपाल घुम्न आउने मध्ये पर्यटक न्यून मात्रै यस क्षेत्रमा पुग्छन् ।” महोत्सवले यहाँका पर्यटकिय क्षेत्रको प्रचार प्रसारको लागि माध्यम बन्ने अध्यक्ष कडायतको अपेक्षा रहेको छ ।
अछामका कला संस्कृति पनि महोत्सवमा मुख्य आकर्षणका केन्द्र विन्दु रहेको सांस्कृति संयोजक कृष्ण बहादुर कुुँवरले जानकारी दिनुभयो । महोत्वसमा दर्शकले अछामका लोक संस्कृति होली, पुतला, भुवोनाँच, हुड्के नाँच, न्याउले खेल, देउडाले पनि आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई अछाममा भित्र्याउन मद्दत पुग्ने संयोजक कुँवरले जानकारी दिए । १० गतेसम्म सञ्चालन हुने महोत्वसमा विभिन्न घरेलु तथा व्यवसायीक एक सय बढि स्टल रहेको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने तथा १ करोड बराबरको कारोबार गर्ने लक्ष्य उद्योग वाणिज्य संघले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com