ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेजमा जान डराए उधमी, १३ वटा उधोगको मात्र निवेदन


admin
फाल्गुन ८, २०७४ मंगलबार  ४ : २२ बजे


काठमाडौं, ८ फागुन । विशेष आर्थिक क्षेत्र ९सेज० निर्धारण गरिएको रूपन्देहीको भैरहवामा उद्योग सञ्चालनका लागि जम्मा १३ वटा उद्योगीले मात्र निवेदन दिएका छन् । गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरेकोमा आईतबारसम्म १३ जनाको मात्र निवेदन पेश भएको सेजका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

विशेष आर्थिक क्षेत्र विकास समितिले सूचना निकालेर सेजमा उद्योग स्थापना तथा सञ्चालनार्थ समझदारी पत्रमा हस्ताक्षर गरेका उद्योगीहरूलाई उद्योग सञ्चालनका लागि अनुमतिपत्रको निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।

‘यहाँबाट उत्पादित वस्तुहरु ७५ प्रतिशत विदेश निकाशी गर्नुपर्ने प्रावधान छ । जसले गर्दा आउँछौं भन्ने उद्योगीहरू उत्पादित वस्तु निकासी गर्न सकिँदैन कि भन्ने डरले आउन हिचकिचाएको देखिन्छ’ उनले भने ।

सेज रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन र औद्योगिक विकासमा कोशेढुंगा हुने बताइएको छ । तर उद्घाटन भएको ३ वर्ष पुग्दा पनि योजनालाई मुर्तरुप दिन सकेको छैन ।

उद्योग सञ्चालनको अनुमति माग गर्दै निवेदन दिनेमा सुगम नानो हर्बल प्रा.लि, आइडिएस इलेक्ट्रिक, इन्टरटेक, मिनरल वाटर ईण्डस्ट्रिज, किरण सुज, महेन्द्र कुमार गोयलको गोयल गु्रप अन्तर्गतको बर्न गार्मेन्ट उद्योग, ट्रान्स हिमालयन बेभरेज, गार्मेन्ट प्रोसेसिंग ईण्डस्ट्रिज, सिद्धार्थ पेट प्लाष्ट प्रालि, एक्सन पोलिमर प्रालि र सिद्धार्थ प्लाष्टलगायतका रहेका छन्।

उद्योग सञ्चालनको सम्झौता गरेका अन्य उद्योगमा जगदम्बा, गोल्छा, अरुणखोला बहुउद्देश्यीय सहकारी र चेतनशील मल्टी प्रपोज रहेका छन् । सम्झौता गरेर नआउने उद्योगीहरुको दर्ता खारेजी गरी नयाँ प्रकृया अघि बढाइने उनले बताए ।

सेजमा उद्योग स्थापनाका लागि अनुमति माग गरेका उद्योगी सिद्धार्थ गु्रपका निर्देशक राजेश कुमार अग्रवालले आफूहरु निकै उत्साहित रहेको भन्दै छिटोभन्दा छिटो सेजभित्र आवश्यकता अनुसारको विद्युत् उपलब्ध गराउन आग्रह गरे । ‘उद्योगीहरुको करोडौ रुपैयाँ लगानी हुने र देशकै पाइलट प्रोजेक्टका रुपमा सेज रहेकाले सफल बनाउने जिम्मेवारी सबैको हुन्छ,’ अग्रवालले भने ।

 

विशेष आर्थिक क्षेत्र सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला र धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ । सेज सञ्चालमा आए निर्यातजन्य उद्योगको स्थापनाले मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन बल पुग्ने छ ।

सेजका उद्योगीहरुलाई पाँच वर्षसम्म आयकर छुट हुनेछ । घरबहालमा पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट हुने छ । कच्चा पदार्थ तथा मेसिन उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता हुनेछ । सेजभित्रका उद्योगमा प्रतिकूल असर पर्ने गरी बन्द हडताल गर्न पाइने छैन ।

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन् ।  त्यस्तै सम्झौता भएको एक वर्षभित्रमा उद्योगले उत्पादन सुरु गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com