काठमाडौं २३ पुस । आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । अरु ३८ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ...