ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दन र वर्षमान पक्षधरले मागे माओवादीमा विशेष महाधिवेशन


एबीसी न्यूज

काठमाडौं २३ पुस । नेकपा माओवादी केन्द्रमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पक्षधर नेताहरूले विशेष महाधिवेशन माग गरेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा सोमबार बोल्ने नेताहरू विशेष महाधिवेशनको विषयमा विभाजित भएर प्रस्तुत भएका हुन् ।

‘जनार्दन पक्षधर नेताहरूले अलि बढी विशेष महाधिवेशनको माग गरिराख्नुभएको थियो । त्यही बेला ओनसरी घर्तीले पनि विशेष महाधिवेशनको पक्षमा आफूलाई प्रस्तुत गर्नुभयो,’ एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार जनार्दन पक्षधर नेताहरूले गरम रूपमा विशेष महाधिवेशन माग गर्दा वर्षमान पक्षधर नेताहरूले अलिक नरम भएर विशेष महाधिवेशन माग गरेका छन् ।

तर, प्रचण्ड पक्षधर नेताहरूले भने विशेष महाधिवेशन माग गर्ने समय अहिले नरहेको भनेर काउन्टर जवाफ फर्काएका छन् ।

 

विशेष महाधिवेशनबारे एक नेताले भनेका थिए, ‘अहिले अंश खोज्ने बेला होइन । बाली भित्र्याउने बेला हो । पार्टीले प्राप्त गरेको सफलता जनतामा लैजाने बेला हो । यो बेला पार्टी अभियानमै जानुपर्छ । महाधिवेशनको समय अझै बाँकी छ ।’

आइतबार प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रष्ट रहेको भन्दै केन्द्रीय सदस्यहरूलाई दुई विकल्प दिएका थिए । पहिलो– अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाने । दोस्रो – ६ महिना विभिन्न अभियान चलाएर त्यसपछि फेरि केन्द्रीय समितिको बैठक राखेर निर्णय गर्ने ।

प्रचण्डले भनेका थिए, ‘अहिले नै महाधिवेशन आयोजक समिति बनाएर जान पनि कुनै समस्या छैन । ६ महिना विभिन्न अभियान चलाऔं र जनतामा एक खालको ऊर्जा भरेर अगाडि बढौं भन्ने मेरो अर्को प्रस्ताव छ । यी दुई विषयमा यहाँहरूले प्रष्ट धारणा राख्नुहोला ।’

धारणा राख्ने क्रममा नेताहरू भने दुवै मतका पक्षमा देखिएका हुन् । ‘नेताहरू अभियान चलाउनुपर्ने र पार्टीको अभियान चलाउने समय भएको भनेर तत्काल महाधिवेशनबारे निणय नगर्ने दुवै पक्षमा प्रस्तुत भएका छन्,’ ती नेताले भने ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठकमा ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमाथि बोल्ने भनेर १८० जनाले नाम टिपाएका थिए । त्यसमध्ये सोमबार ८० जनाले धारणा राखेका थिए । मंगलबार बाँकीले राख्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

सम्बन्धित

देउवाले टिकट नपाएपछि चुनाव लड्न् घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com