काठमाडौं २० फागुन । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि ...