ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानाडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने अमेरिकी व्यवस्था आजदेखि लागू हुँदै


एबीसी न्यूज
फाल्गुन २०, २०८१ मंगलबार  १ : २७ बजे

काठमाडौं २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत अमेरिकी करको व्यवस्था आजदेखि लागू हुने बताउनुभएको छ । उहाँले चिनियाँ आयातमा कर दोब्बर पारेर २० प्रतिशत पुर्‍याउने पनि दाबी गर्नुभएको छ ।

चीनले अमेरिकामा फेन्टानिल पदार्थको प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै ट्रम्पले आयात कर बढाउने बताउनुभएको बीबीसीले जनाएको छ । आयात कर नीतिले क्यानडा र मेक्सिकोलाई पनि अवैध लागूऔषध र आप्रवासीलाई देशमा प्रवेश गर्नबाट रोक्न थप काम गर्न बाध्य पार्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

ट्रम्पले अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरूमा कर वृद्धि गरेपछि बजार घटेको छ । तीन वटै देशले कर वृद्धिको प्रतिक्रियामा अमेरिकासँग बदला लिने बताएका छन् ।

चीनले केही अमेरिकी सामानमा १५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ । यसले व्यापार युद्ध फराकिलो हुने सम्भावना बढाएको खबरमा उल्लेख छ ।

विज्ञहरूले अमेरिकी उपभोक्ताहरूलाई केही उत्पादनको मूल्य उच्च हुने भन्दै चेतावनी दिँदै आएका छन् । क्यानडा, मेक्सिको र चीनमाथि आयात कर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजारमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com