ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको घोषणा: भोलि एउटा ‘ठूलो रात’ हुनेछ


एबीसी न्यूज

काठमाडौं २० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि ‘एउटा ठूलो रात’ हुने घोषणा गरेका छन्।

उनले सोमबार आफ्नो ट्रुथ सोसल अकाउन्टमा भोलि एउटा ठूलो रात हुने उल्लेख गरेका हुन्।

ट्रम्पले लगातार दुई पोस्ट गरेका छन्।

पहिलो पोस्टमा उनले लेखेका छन्, ‘पुटिनको रुसलाई युक्रेनका कुनै पनि भूमि दिन हुन्न भन्ने एक मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प हो।’

उनले अगाडि लेखेका छन्, ‘याद राख्नुहोस् कि कमजोर र प्रभावहीन डेमोक्र्याटहरूले आलोचना गर्छन् र फेक न्युजले उनीहरूले भनेका सबै कुरा खुसीसाथ प्रचार गर्छन्।’

उनले अर्को पोस्टमा लेखेका छन्, ‘भोलि एउटा ठूलो रात हुनेछ। म यसलाई जस्ताको तस्तै भन्नेछु।’

रुसी आक्रमणबाट पीडित युक्रेनका पक्षमा बेलायतमा युरोपेली मुलुकका नेताहरूको बैठक बसेको भोलिपल्ट सोमबार ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समेत सहभागितामा लन्डनमा युक्रेनबारे युरोपेली मुलुकका नेताहरूले छलफल गरेका थिए। यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका छन्।

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो।

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com