काठमाडौं २० फागुन । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो ।
पाइप फुटेपछि पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरू डुबानमा परेका थिए । सडकपेटीमा पनि क्षति पुगेको छ ।
अहिले काठमाण्डौ महानगरका प्रहरी, नेपाल प्रहरी, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का कर्मचारीलगायतले सडक, रेष्टुरेन्ट, औषधि र फलफूल पसलमा पसेको पानी हटाएका छन् ।
डोजरकै प्रयोग गररे त्यहाँ जम्मा भएका ढुङ्गा र गिट्टी हटाइएको छ । यससँगै अवरुद्ध भएको सडक पनि सञ्चालनमा आएको छ । आज बिहान ५ बजेतिर पाइप फुटेको थियो ।
यसअघि गएको माघ ३० गते काठमाण्डौको बिजुलीबजार–बबरमहल सडक खण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला यो क्षेत्रमा रहेका वन कार्यालयलगायतका सरकारी कार्यालयहरू जलमग्न भएका थिए ।








प्रतिक्रिया दिनुहोस्