ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीको स्थान हद फुकुवा


एबीसी न्यूज
पुस २१, २०८२ सोमबार   २ : ४६   बजे

काठमाडौं, २१ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले आज सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिएका थिए । त्यस्तै उनले आइतबार नै जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए । आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई उनले लिखित स्टेटमेन्ट नै बुझाएका हुन् ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितसँग बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

सम्बन्धित

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group