जनकपुरधाम, १८ पुस । जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही ...