नेपालगन्ज, १९ पुस । बाँके जिल्लाका विभिन्न उद्योग, कलकारखाना र व्यावसायिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको अवस्थामा अझै सुधार आउन सकेको छैन । यहाँका उद्योगमा काम गर्ने श्रमिकले समयमा पारिश्रमिक नपाउनु, पारिश्रमिकको रकम पनि अत्यन्त न्यून हुनु, सुरक्षा प्रविधिको प्रयोगबिना नै काम गर्नुपर्नेलगायतका नियति भोग्दै आएका छन् ...