काठमाडौं,१९ पुस । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)मा तेस्रो कुलपतिका रुपमा कलाकार कान्छाकुमार कर्माचार्य नियुक्त हुनुभएको छ । विसं २००४ मा जन्मनुभएका कर्माचार्य २०६६ सालमा प्रतिष्ठानमा सदस्य सचिव बन्नुभएको थियो । विसं २०२१ देखि चित्रकला साधनामा लाग्नुभएका उहाँसँग कला क्षेत्रका सङ्घसंस्थामा विभिन्न पदमा बसेर काम गरेको अनुभव ...