ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि इतिहास विभाग विद्यार्थीको खोजीमा


admin
पुस १९, २०७५ बिहीबार  १२ : ३७ बजे

काठमाडौं,१९ पुस । त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शुन्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरुको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो ।

२०७४ सालमा त्रिभुवन विश्व विद्यालयमा इतिहास पढन एक जना विद्यार्थी पनि भर्ना भएनन् । विद्यार्थीहरु भर्ना नै नहुनेस्थित बनेपछि यसप्रति आकर्षण जगाउन छात्रवृत्तिको विशेष व्यवस्था गर्ने विषयमा परामर्श सुरु गर्नु परेको त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापाले जानकारी दिनु भयो ।

विभागले बिहीबार काठमाडौंमा इतिहासका विषयमा अध्ययनमा रुचि घटदै जानुको कारणको खोजी गर्न अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्राध्यापक डाक्टर थापाले इतिहासका विषयमा रुचि राख्ने व्यक्तिहरुलाई पनि समेटेर बिहानी कक्षा संचालन गर्ने प्रस्ताव पनि अघि सार्नु भयो ।

२०७० सालमा सेमिस्टर प्रणाली लागू भएपछि विद्यार्थी भर्ना संख्या घट्दै गएर २०७४ सालमा शुन्यमा झर्न पुगेपछि इतिहास विषयमा विद्यार्थीहरुको आकर्षण बढाउन छात्रवृत्ति व्यवस्था लगायतका विषयमा छलफल सुरु गरिएको पनि विभागका प्रमुख थापाले बताउनु भयो ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न मानान्धरले इतिहास विषयमा विद्यार्थीहरुको रुचि जगाउन अन्तराष्ट्रिय सम्बन्ध जस्ता कूटनीतिक इतिहासका विषयलाई पनि पाठ्यक्रममा समावेश गर्न विभागलाई सुझाव दिनु भयो ।

समयको आवश्यक्तालाई सम्बोधन हुने खालका विषय खोजी गरि पठनपाठन सुरु गरे ईतिहास विषयमा पनि पुनः अध्ययन गर्नेहरुको रुचि जगाउन सकिने उहाँको भनाई छ ।२०७० सालको पहिलो सेमिष्टरमा विभागमा ७ जना विद्यार्थी भर्ना भएका थिए ।

२०७१ सालमा ६ जना, २०७२ सालमा २ जना, २०७३ सालमा १ जना र २०७४ सालमा विद्यार्थी भर्ना नै नभएपछि विश्वविद्यालयले यस विषयको अध्ययनमा रुचि जगाउन आवश्यक छलफल सुरु गरेको हो । लोक सेवा आयोगको पाठयक्रमबाट इतिहासका विषय हटाएपछि पनि इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको रुचि घटन गएको विभागको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com