ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रबाट गुल्मीमा कृषि पाठशाला सुरु


sharan sharan
पुस १७, २०७५ मंगलबार  १० : २२ बजे

गुल्मी, १७ पुस । बसे पनि सहर गाउकै खाने रहर भन्ने मुल नाराका साथ स्थापना भएको पैचो पसल प्रा (लि)ले स्थापनाको चौथो बार्षिक उत्सव मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको हक हितकोलागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।
गुल्मी क्षेत्रको कृषिको विकासको लागि प्रदेश सरकारले निश्चित योजना अगाडी बढाएको भन्दै मन्त्री पौडेलले गुल्मीमा रहेको कफि जोनलाई अहिले सुपरजोनमा विकास गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदुत लिलामण्ी पौडेलले किसानले उत्पादन गरेको बस्तु बजारीकरणमा सबैभन्दा बढि समस्या रहेको भन्दै यसमा सरकारी स्तरबाट ध्यान जानुपर्ने बताउनुभयो । पुर्व मुख्य सचिव समेत रहेका पौडेलले पौडेले किसानले उत्पादन गरेको बस्तु गुणस्तरमा विशेष ध्यान दिनको लागि आग्रह गर्नुभयो ।
यसैविच, पैचो पसल प्रा(लि)ले कृषक पाठशाला सञ्चालन गर्ने भएको छ । आफुले सञ्चालन गर्दै आएको ४१ वटा कृषि संकलन केन्द्रमा कृषक पठशाला सञ्चालन गर्न लागेको हो । आफ्नै पाठ्यक्रममा आधारित कृषक पाठशाला सञ्चालन गर्ने छ ।
पाठशालाका प्रदेश नम्बर ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गर्नुभयो । पैचोले निर्माण गरेको पाठ्यक्रम विमोचन गरी मन्त्रीले कृषक पाठशालाको सुभारम्भ गर्नुभएको थियो । किसानहरुलाई कृषि क्षेत्रमा थप प्रभावकारी बनाउन, किसानहरुको प्राविधिक क्षमता विस्तार गर्नको लागि कृषक पाठशालाल सञ्चालन गर्न लागिएको पौचो पसल परालीका प्रबन्धक धुव्र न्यौपानले जानकारी दिनुभयो ।
कार्यक्रममा पैचो पसल प्रालिका प्रबन्ध निर्देशक धुव न्यौपाने ले कृषिको संभावना, चुनौतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार डि.आर. घिमिरे , नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली, रुरु गाउपालिकाका अध्यक्ष निलकण्ठ गौतम, छत्रकोट गाउपालिकाका अध्यक्ष मधुकृष्ण कण्डेल, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा, बलेटक्सार उद्योग बाणिज्य संघका अध्यक्ष तोयानारायण ज्ञवाली लगायतले आ आफ्नो धारणा राखेका थिए ।
बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा किसानहरु समेत पुरस्कृत गरिएको थियो । आर्थिक वर्ष २०७३।७४ मा सबैभन्दा बढी कृषि उपज उत्पादन गरेको भन्दै गुल्मी जिल्लाका रामकृष्ण कंडेललाई सम्मान गरिएको थियो भने गांउ पालिका र वडा स्तरका उत्कृष्ठ किसानलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com