काठमाडौं, ५ असोज । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताउनुभएको छ । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आज आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उहाँले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही ...