म्याग्दी, ५ असोज – बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ । बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा हराएका २ बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । बाढीका ...