ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक


एबीसी न्यूज

काठमाडौँ, २ असोज । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताउनु भएको हो । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको निष्कर्ष छ । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन भईरहेको जानकारी गराउँदै त्यसका लागि अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो । आयोगले बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्थाको प्रयोजन हुने अवस्था नरहेकाले सरकारले अन्य विकल्पको प्रयोगका लागि नयाँ कानुन बनाउनुपर्ने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यवधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराउनु भयो । २१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिकको काम एक हप्ता भित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने पनि स्पष्ट पार्नु भयो ।

आगामी मंसीर १४ गते प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तरगत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com