बझाङ, ५ असोज । बझाङ जिल्लाको केदास्यु गाँउपालीका वडा नँ ७ को वडा कार्यालयमा आगजनी गरेको छ । शनिवार राती वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदास्यु गाँउपालीकाकी उपाध्यक्ष निसा धामीले बताए । धामीका अनुसार आगजनीवाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताईन ।
वडा कार्यालयमा आगजनी कस्ले गरेको र किन गरेको हो भन्नेवारे अहिले सम्म नखुलेको र घटना स्थलतर्फ रायल प्रहरी चौकी वाट टोली प्ररिचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेस बमले जानकारी दिनुभयो ।
नेत्रबिक्रम चन्द्र बिप्लप समुहले आगजनी गरेको हुनसक्ने स्थानिय वासीले आरोप लगाए प्रहरी प्रमुख वमका अनुसार वडा कार्यालय जान करीव चार पाँच घन्टाको पैदल दुरीमा रहेकाले प्रहरी पुगेपछी मात्र यर्थाथ बिवरण आउने बताए ।
प्रतिक्रिया दिनुहोस्