ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहर व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरणको माग


एबीसी न्यूज

काठमाडौं, ५ असोज । राजधानीलगायत मुख्य शहरको फोहर व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आज आयोजना गरेको राजधानीको फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले फोहरमैला स्रोत व्यवस्थापन केन्द्रको खारेजीले यससम्बन्धी काम गर्ने निकाय नभएको बताउनुभयो ।

“केन्द्रलाई सङ्घीय संरचनाअनुसार लैजाने गरी पुनर्जीवित गरिनुपर्छ, अझ अधिकार सम्पन्न र प्रभावकारी रुपमा केन्द्रकै ढाँचामा नाम अरु नै राखे पनि संरचना आवश्यक छ, फोहरसम्बन्धी काम एकद्वार प्रणालीबाट गर्न पनि यसका आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्रालय नुवाकोटको बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न मात्र फोहरमैलासँग जोडिएको मन्त्री राईले स्पष्ट पार्नुभयो । पहुँच सडक र प्रशोधन केन्द्र निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । सिस्डोलमा हाल व्यवस्थापन भइरहेको फोहरको विषय मन्त्रालयसँग नजोडिएको उहाँले बताउनुभयो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले दुई वर्षलाई भनी सिस्डोलमा १४ वर्षदेखि फोहर फाल्दासमेत राम्रो व्यवस्थापन नभएको, फोहरको पहिराले सडक अवरुद्ध भई आवागमनमै समस्या भएकाले छिटो खोल्न सरोकार भएका निकायलाई निर्देशन दिनुभयो । सिस्डोलवासीलाई दिँदै आएको क्षतिपूर्ति वर्षौँदेखि नपाएकाले दशैँ अगावै दिन पनि उहाँले काठमाडौँ महानगरपालिकालाई आग्रह गर्नुभयो । “शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरिरहेको संरचनामा सूचना पाटी राखिएको छैन, त्यहाँ कति लागतमा के बन्न लागेको भन्ने जनताले थाहा पाउनुपर्छ, ५० वर्षका लागि त्यहीँ भकारीका रुपमा फोहर व्यवस्थापन गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

सांसद टोपबहादुर रायमाझीले फोहरका विषयमा देशीविदेशी गिरोहबाट राजनीति हुने गरेकाले त्यो परिपाटी अन्त्य गर्न सुझाव दिनुभयो । सांसद जीपछिरिङ लामाले सिस्डोलमा फालिएको फोहरकै पहिराले लामो समयदेखि सडक अवरुद्ध भई फोहर लैजान र स्थानीयवासीको आवामनमै समस्या भएको स्थलगत अनुगमनका क्रममा देखिएको बताउनुभयो । सांसद बहादुरसिंह लामाले चार वर्ष अघि संसद्को सुशासन समितिले गरेको अनुगमनका क्रममा लिच्चडलाई पिउन मिल्ने पानी बनाइ कोल्पुखोलामा बगाउने प्रतिबद्धता कार्यान्वयन नहुँदा स्थानीयवासी प्रभावित भएका गुनासो गर्नुभयो ।

सांसद नारायणप्रसाद खतिवडाले सबै निकायले सिस्डोलको जिम्मेवारीबाट पन्छिन चाहेको अभिव्यक्ति दिएको उल्लेख गर्नुहुँदै कसको दायित्व हो भनी प्रश्न गर्नुभयो । सांसद हितबहादुर तामाङले फोहर व्यवस्थापनका लागि सरोकार भएका व्यक्ति र निकायको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन नगरिए समस्या समाधान हुन नसक्ने बताउनुभयो । सांसद विन्दा पाण्डेले तीन तहका सरकारमध्ये फोहर कसले व्यवस्थापन गर्ने भन्ने स्पष्ट गर्न माग गर्नुभयो । बैठकमा सांसद सञ्जय गौतम, अनिल झा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसीले दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने गरी सरकारले योजना बनाइ कार्यान्वयन गर्न अधिकार सम्पन्न निकायको स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले फोहर व्यवस्थापनका नाममा धेरैले विदेश भ्रमण गरे पनि कार्यान्वयन हुन नसकेकाले खर्च राज्यलाई फिर्ता गर्न माग गर्नुभयो । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले फोहरका कारण सिस्डोल क्षेत्रमा रोगको सङ्क्रमण फैलिएर गाई, भैँसी, बाख्रालगायत चौपाया मर्न थालेका, जमीनमा उब्जनी घटेको, मानिसमा अनेकथरी स्वास्थ्य समस्या आउन थालेका गुनासो गर्नुभयो ।

फोहर प्रभावित धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले खेत खन्न गएका किसान फोहरले बेहोश हुने गरेकाले सबै नगरपालिकाले आफैँ फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रभावित काठमाडौँको तारकेश्वर नगरपालिका, ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका वडाध्यक्ष, सरोकार समिति र स्थानीयवासीले मानव स्वास्थ्यमा प्रभाव पर्ने गरी विसं २०६२ जेठ २२ गते भएको सम्झौताअुनसार फोहर फाल्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com