माझकुभिण्डे (सिन्धुली) । गोलन्जोर गाउँपालिकाले आयोजना गरेको पहिलो जुनार प्रवद्र्धन मेलाको अवसरमा किसान र कृषि विज्ञबीच अन्तरसंवाद भएको छ । किसानले भोग्दै आएका समस्याका सन्दर्भमा विज्ञले सुझाव दिने कार्यक्रम थियो । सो अवसरमा अधिकांश किसानले जुनारमा भन्दा बढी सुन्तलामा ग्रिनिङ रोगको संक्रमण व्याप्त रहेको गुनासो ...