काठमाडौं, २४ फागुन । संघर्षले बनाउने हो इतिहास भनेको । महिलाहरुकां सघर्षले पनि अनेक इतिहास बनाएको तथ्य देखिन्छ । रोमको इतिहासमा युद्धको विरोधमा महिलाहरुले यौन हडताल गरेर इतिहास रचेका थिए । पेरिसमा भोका महिलाहरुले रोटी माग्दै वार्साइय दरबार घेर्दै फ्रान्सेली क्रान्तिको मसाल उठाएका थिए । ...