ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचनका रोचक पक्ष


एबीसी / संवाददाता

डेमोक्रेटिक पार्टीका जो वाइडेन अमेरिकाका राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् । अमेरिकी इतिहासमै उनले सबैभन्दा बढी जनताको पपुलर मत र इलेक्टोरल कलेज मत पाए । उनका प्रत्यासी तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भए। अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचनले धेरै अर्थमा इतिहास रचेको छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका वाइडेन फ्लोरिडामा पराजित भए पनि राष्ट्रपतिमा निर्वाचन हुन सफल भए । फ्लोरिडामा विजयी भएका ट्रम्पले परम्परालाई निरन्तरता दिन सकेनन् । फ्लोरिडामा निर्वाचन हुने व्यक्ति नै राष्ट्रपति बन्ने गरेको इतिहास छ । यसपटक वाइडेनले त्यो परम्परा तोडेका छन् । इतिहासमै पहिलोपटक महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

कमला ह्यारिस : तीन कीर्तिमान

Kamala Harris names herself and seeks redemption, empowering so many of us  to do the same

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसले इतिहास रच्न सफल भइन् । उपराष्ट्रपति पदमा निर्वाचित हुँदा उनका नाममा तीनवटा रेकर्ड बने । एसियन महिला उपराष्ट्रपति, प्रथम महिला उपराष्ट्रपति र कालो वर्णकी उपराष्ट्रपति । पहिलो महिला उपराष्ट्रपति, उनी कालो वर्णबाट सो पद सम्हाल्ने पहिलो व्यक्ति तथा दक्षिण एसियाबाट अमेरिकाको दोस्रो उच्च पदमा पुग्ने पहिलो महिला बनेकी छिन् । उनका बाबु जमैकन तथा आमा भारतीयमूलकी हुन् । कालो वर्णबाट क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै सिनेटर बन्ने उनी पहिलो व्यक्ति हुन् । यो उपलब्धि हासिल गर्ने उनी एक मात्र दक्षिण एसियन महिला हुन् ।

डोनाल्ड ट्रम्प : अझै परिणाम अस्वीकार

Donald Trump is hatching a plan to 'wreck' Fox News, insiders tell Axios -  MarketWatch

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा सबै क्षेत्रमा असफलता हात पारेका छन् । निर्वाचन विशेषतः तीन क्षेत्र महत्व मानिएको छ । पहिलो, ट्रम्पले जनताबाट पपुरल भोटिङ प्राप्त गर्न सकेनन् । उनी लगातार दुईपटक राष्ट्रपतिमा निर्वाचित हुन सकेनन् । उनी महाअभियोगबाट मुक्त हुन पाएनन् ।

२०१९ मा युक्रेनमा हस्तक्षेप गरेको र गोप्य सूचना बाँडेको भनी ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले २०१९ डिसेम्बरमा महाअभियोग लगाएको थियो । निर्वाचनमा पपुलर मत जित्न नसक्ने उनी पाँचौँ राष्ट्रपति बनेका छन् । २००० मा जर्ज डब्लू बुसपछि ट्रम्प नै पपुरल मत प्राप्त गर्न नसक्ने राष्ट्रपति बनेका छन् । जो वाइडेन निर्वाचित भएपछि ट्रम्पले परिणाम स्विकार गर्न अझै सकेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

निर्वाचनको एकदिनअघिसम्म पनि उनले निर्वाचनमा आफूलाई शंका लागेको टिप्पणी गरेका थिए । ‘यदि म पराजित भएँ भने निर्वाचनप्रति शंका रहनेछ,’ ट्रम्पले भनेका थिए। ट्रम्पले डेमोक्रेटिक पार्टी तथा वाइडेनविरुद्ध दर्जनौँ आरोप लगाए पनि कुनै प्रमाण जुटाउन सकेका छैनन् । यो केवल उनको वाक्युद्ध मात्र हो । सय वर्षको इतिहासमा राष्ट्रपतिमा निर्वाचित उम्मेदवारले विजयी हुने राष्ट्रपतिलाई बधाई दिने परम्परा छ । तर, ट्रम्पले सय वर्षको इतिहास तोडेका छन् । उनले फेयरवेल स्पिचसम्म दिएका छैनन् । सन् १९८६ मा डेमोक्रेटिक पार्टीका जो ब्रायनले रिपब्लिकनका विलियम म्याकिन्लयलाई दुई दिनपछि बधाई दिएका थिए।

डग्लास इम्होफ : सेकेन्ड जेन्टलम्यान

अमेरिकी राष्ट्रपति निर्वाचन : परम्परा तोड्दै रेकर्डले भरिभराउ - Bishwo  Khabar

उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग्लास इम्होफ हुन् । अमेरिकी इतिहासमा कालो तथा उनका श्रीमान् सेतो वर्ण भएको यो नै पहिलोपटक हो । अमेरिकाको माथिल्लो पदमा रहने व्यक्तिको दाम्पत्यमा यस्तो मिश्रित वर्ण कमै मात्र हुने गरेको छ। निर्वाचनमा डग्लासले श्रीमती कमलाको क्याम्पिनिङ गोप्य रूपमा गरेका थिए ।

उनले सबैजसो सामाजिक सञ्जालमा श्रीमती कमलालाई मतदान गर्न आग्रह गरेका थिए । डग्लासले मिडियासम्बन्धी कानुनी अध्ययनमा दक्षता हासिल गरेका छन् । यसैगरी, खेलकुद र मनोरञ्जनका कानुनी क्षेत्रमा उनको अनुभव राम्रो छ। कमला र डग्लासले २०१४ मा विवाह गरेका थिए।

जिल वाइडेन : फस्ट लेडी र शिक्षण पेसा

जो वाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उनकी श्रीमती जिल वाइडेन स्वत: फस्ट लेडी बनेकी छिन् । यद्यपि फस्ट लेडी पद पाए पनि जिलले आफ्नो कर्मक्षेत्र नत्याग्ने भएकी छिन् । जिल शिक्षिका हुन् । उनले आफू अमेरिकाको फस्ट लेडी भए पनि यो पेसा त्याग्न नसक्ने बताएकी छिन् । जिलले फुल टाइम नै शिक्षण क्षेत्रमै समय बिताउने बताएकी छिन् । गत अगस्टमा जेलिले सिबिएस न्युज च्यानलमा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म अमेरिकी जनतालाई एक शिक्षक वा शिक्षिकाको महत्व बुझाउन चाहन्छु, मलाई थाहा छ, उनीहरूको योगदान धेरै छ ।’

न्यु मेक्सिको : सबै महिला प्रतिनिधि

US Election Results New Mexico Makes History By Becoming First State To  Elect All Women House Of Representatives | US Election Results: न्यू  मैक्सिको ने रचा इतिहास, प्रतिनिधि सभा की सभी सीटों

३ नोभेम्बरमा भएको निर्वाचनले न्यु मेक्सिको राज्यबाट पहिलोपटक प्रतिनिधित्व गर्ने सबै व्यक्ति महिला नै भएको स्पष्ट पारेको छ । डेमोक्रेटिक डेव हालान्ड, रिपब्लिकनकी भेटे हेरेल तथा डेमोक्रेटिक टेरेसा लेगर फर्नान्डेस सबै नेटिभ अमेरिकन हुन् । संघीय सरकारका प्रतिनिधिमा नयाँ कीर्तिमान यसपटकको निर्वाचनमा धेरै आश्चर्यजनक नतिजा आएको छ । निर्वाचनमा सहभागी उम्मेदवारले इतिहास बनाएका छन् । साइथिन लुमिन्स (रिपब्लिन) पहिलो योमिग्स महिला सेनेटर बनेकी छिन् । डेमोक्रेटिक किम ज्याक्सन जर्सिया राज्यबाट पहिलोपटक सेनेटर बने । कोरी बुस (डेमोक्रेटिक)की पहिलो कालो वर्णकी कंग्रेस महिला भइन् । मारिलिन स्ट्रिकल्यान्ड (डेमोक्रयाट)का पहिलो दक्षिण कोरिया-अमेरिकन महिलाका रूपमा कंग्रेसमा निर्वाचित भइन् । उनी वासिंटन राज्यबाट पहिलो कालो वर्णकी कंग्रेस प्रतिनिधिका रूपमा रहनेछिन् ।

ह्वाइट हाउसमा भित्रिंदै जर्मन सेफर्ड

Biden's German Shepherd to be 1st rescue dog in White House

ह्वाइट हाउसमा भित्रिंदै जर्मन सेफर्ड ह्वाइट हाउसमा फेरि एकपटक कुकुर फर्कने भएको छ । नवनिर्वाचित राष्ट्रपति वाइडेनले जर्मन सेफर्ड प्रजातिको दुई कुकुर पालेका छन् । राष्ट्रपतिका रूपमा वाइडेनले पहिलोपटक ह्वाइट हाउसमै जर्मन सेफर्डका लागि पेट हाउस बनाउने भएका छन् । सन् २००८ देखि ती कुकुर वाइडेनसँगै छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

काठमाडौं, १७ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताउनुभएको छ । सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं, १७ फागुन ।  भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

काठमाडौं, १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार

सम्बन्धित

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ : राष्ट्रपति भण्डारी

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

‘सूर्य चिह्न हामीले पाउने पक्का भइसक्यो, निर्वाचन आयोगमा ओलीको सेटिङ चलेन’ – अध्यक्ष प्रचण्ड

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्यो : सरकारका प्रवक्ता

कोरोनाका कारण थप तीन जनाको मृत्यु : ७३ जनामा सङ्क्रमण पुष्टि

प्रचण्ड–नेपाल पक्षले ओलीविरूद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com