विपीका पिताले चन्द्रशम्सेरलाई जुम्रा परेका थोत्रा कपडा दिएपछि देश निकाला भए – डा. खड्का, नेता, नेपाली काँग्रेस



विपीका पिताले चन्द्रशम्सेरलाई जुम्रा परेका थोत्रा कपडा दिएपछि देश निकाला भए – डा. नारायण खड्का, नेता, नेपाली काँग्रेस  तथा पूर्व शहरी विकासमन्त्रीको सम्झनामा विपी


विपीले चुरोटको खोलमा टिपोट लेखेर पुलिसलाई भारत पठाए

विश्वेश्वरप्रसाद कोइराला महात्मा गान्धीको नेतृत्वको भारत छोडो आन्दोलनमा लाग्दाखेरी सानै उमेरमा उहाँ जेल पर्नुभएको थियो । कुनै समय समाजवादी कम्युनिष्ट पार्टीमा थिए भने, विद्यार्थीकालमा आतंकवादीको आरोपमा पनि पक्राउ परेका थिए । जुनबेला उनी नेपालमा आए, उनलाई मोहनशमशेरको पालामा समातियो । यसरी समातिंदा विपीलाई सानो कोठाको छिंडीमा राखियो थियो, विपीले भनेका थिए,– मलाई मेरो आत्मविश्वासले मात्रै बचायो । पुलिस वरीपरी घुमिराखेको हुन्छ, झ्याल पनि सानो र सानो लोटा जस्तो दिइएको थियो खाना पकाउने । दिउँसो एकैछिन घाममा राख्दिन्थे ।

एकदिन विपीले पुलिसलाई छेऊमा बोलाउनुभएछ र सोध्नुभएछ ? तपाईको तबल कति छ ? परिवार पाल्न पुग्छ ? पुलिसले भनेछ,–पुग्दैन । र विपीले उसोभए भारतमा जागिर खानुहुन्छ ? भन्दा पुलिसले हुन्छ भनेछ । र विपीले उसोभए म एउटा चिठ्ठी लेखिदिन्छु भनेछन् तर, लेख्नलाई केही कागज थिएन । त्यसपछि चुरोटको खोलमा विपीले भारतको ठेगाना राम्ररी लेखिदिएछन् र त्यो पुलिस वहां पुगेछ । त्यसपछि विपीको खबर पत्रिकामा आयो । त्यसपछि विपीले त्यै अध्याँरो कोठामा २९ दिनसम्म अनसन बसे र महात्मा गान्धीले टेलिग्राम पठाएपछि विपी छुटे ।
विपी मात्रै त्यस्तो नेता जो प्रधानमन्त्री भएर भारत गएनन्, बरु, जवाहरलाल नेहरु आफैं नेपाल आए

वि.सं. २०१५ सालमा १८ महिना मात्रै प्रधानमन्त्री हुँदा पनि अरु त नेपालमा प्रधानमन्त्री हुनेबित्तिकै दौडेर इण्डिया गइहाल्छन् । पहिला ईण्डिया गएर अनि चाइना जान्छन् । तर, विपी गएनन् । उनी मात्रै त्यस्तो प्रधानमन्त्री हो, जो प्रधानमन्त्री भएको २ हप्तामा जवाहरलाल नेहरु नेपाल आईपुगे । त्यसको केही महिनापछि मात्रै विपी भारत गएका थिए ।

चाइना जाँदा पनि माओत्सेतुङलाई विपीले आधा घण्टा भेटे । चाउ एनलाए नेपाल भ्रमणको निम्ता दिए र चाउएन नेपाल आए । त्यो बेला २, ३ वटा मुद्दा थियो । चाइनाले सगरमाथा चाहीं यो चोमोलोङ्मा हाम्रो हो भनेर समस्या खडा गरेको थियो । चाइनाले तिमीहरुको भाषामा के छ ? भन्दा विपीले सगरमाथा छ भने । यसपछि चाइनाले विपीको कुरा स्विका¥यो । यसपछि सगरमाथाको पिक नेपालतर्फ पर्छ भन्ने कुराको सहमति भयो ।

यस्तै मुस्ताङमा, तिब्बतियनहरुले एक जना सुबेदार आर्मी मारिदिए, यसको पनि विपीले सडक र सदनमा आवाज उठाए । त्यसपछि चाउ एनले माफी मागेका थिए र सुबेदार परिवारलाई क्षतिपूर्ति दिलाए । जवाहरलाल नेहरुले पनि यदि नेपाल र भुटानमाथि कसैले आक्रमण गर्छ भने, भारतलाई सैह्य हुँदैन, भारतले हस्तक्षेप गर्छ भनेर वक्तव्य दिएका थिए । यो सारा नेपालभरी विरोध पनि भयो । त्यसपछि विपीले तपाईंले भनेको कुरा हामीले माग्यो भने मात्र सहयोग पठाउने हो, एकपक्षिय ढंगले पठाउने होइन भनेर भने, यसलाई नेहरुले पनि विपी ईज् राईट भनेका थिए ।

ईजरायललाई पनि स्वतन्त्र देशको मान्यता दिन भारतले मानेको थिएन तर, विपीले एक कदम अघि बढेर ईजरायललाई मान्यता दिए, अहिले पनि ईजरायलले विपीको फोटो मन्त्रालयमा झण्ड्याउंछ । चाइनालाई यूएनमा प्रवेश गराउन पनि विपीले वकालत गरेका थिए । अमेरिकामा पनि तात्कालीन राष्ट्रअध्यक्षलाई भेटेर डेढ घण्टा लामो छलफल गरेका थिए, दक्षिण एसिया देशहरुको सुरक्षाबारे । अहिले त राष्ट्रपति र प्रधानमन्त्रीको श्रीमान्, श्रीमती लामो लाइन लागेर हात मिलाउने र फोटो खिच्ने काम मात्रै हुन्छ ।

शनिबार भेट हुँदा विपीले सबैलाई प्रश्न सोध्थे

विपी चाबहिलमा बस्नुहुन्थ्यो, हामी हरेक शनिबार जान्थ्यौं । मान्छेहरु भीडभाड भइरहन्थ्यो । विपीले सबैलाई राखेर प्रश्न गर्नुहुन्थ्यो । आज के पढ्यौं ? ल, तिमी यो भन ? तिमी यो भनः भनेर सबैलाई प्रश्न गर्नुहुन्थ्यो । अब आजकलका साथीहरु त आफैं पनि कोही पढ्दैनन् अब, अरुलाई सोध्नु त काँ हो ? कहाँ ? विपीको भने त्यो स्टायल थियो ।

बनारसमा विश्वविद्यालयतिर हामी गाको थियौं, विपीले धेरै खर्च गर्नुहुँदैन भन्ने खालको कुराहरु गर्थे । त्यतिबेला गणेशमा हेम्स भन्ने अस्पतालमा बिरामी थिए, हामी भेटेर फक्र्यौ । फर्केर विराटनगर आउंदा हामीलाई समात्यो । त्यतिबेला भेट्न नि नपाईने ।

विपीको अभाव खड्किरहने नै भयो

विसं. २०२५ सालतिर झण्डै पाउने ८ वर्ष जेलमा बसेर छुट्दाखेरी उपचारको लागि बम्बै जानुभाथ्यो । बम्बैमा मानिसहरुको कति ठूलो भीड लाग्याथ्यो । त्यस्तै ईण्डियाको बम्बैबाट नेपाल फर्कंदा पनि इण्डियनहरुको नै कत्रो ठूलो क्राउड थियो यो भनिसाध्य छैन ।

विसं. २००७ सालदेखि नै विपीका गीत बनेका थिए, गाउँ–ठाउँमा उहाँको चर्चा एकदमै हुन्थ्यो । अहिले त कम्युनिष्ट नेताहरुले पनि उहाँको भूमिका स्वीकार्न थालेका छन् । अहिलेका जुनियरले त चिन्दैनन् पनि विपीलाई । तर, हामी त्यो बेला विद्यार्थी हुँदा र अहिले पनि, कतिपयले गाली गर्ने, सिक्किमको दोर्जे पनि भन्थे । तर यी सब कुरा विपीले वास्ता गर्नुहुन्नथ्यो, खप्नुभयो । संघर्ष मात्रै होइन, उहाँको दूरदर्शिता थियो । इण्डियामै पनि विपीले तिमीहरुलाई यो खालको संकट आउन सक्दछ भन्देको कुराहरु जस्तैः– देवकान्त बरुवा भन्ने कँग्रेस आइको पनि अध्यक्ष थिए, उनीहरुलाई सिक्किम बिलय भइसकेपछि पूर्वमा पनि ठूलो चुनौती आउन सक्छ भनेर भनेका थिए । पछि अंगे्रजका एक जना जो स्वतन्त्रताको हिरो थिए, उसको निवासमै सैनिक कु गरेर परिवारसहित नै मारिएको थियो । विपी दूरदर्शी नेता थिए भनेर देवकान्त बरुवा बताउँथे । तर अहिले भने, त्यस्तो खालको भिजन दिन सक्ने, दूरदर्शी नेतृत्व हामी हुन सकेनौं र दिन पनि दिन सकेनौं । र यो अभाव सधैं खड्कीरहने भयो । विपीको मृत्यु पश्चात् अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा २१ औं शताब्दीको नेपाली राजनीतिको शिखर पुरुष भनेर चर्चा भयो । अहिले त, त्यस्तो कोही पनि छैन ।

यसै सन्दर्भमा पछिल्लो समयमा पनि तात्कालीन राष्ट्रपति रामवरण यादव हँुदा चाइनामा एउटा कन्फ्रेन्स भाथ्यो । अस्ट्रियामा राष्ट्रपतिको भेट हुँदा, अस्ट्रीयाले सोधेछ, – तपाई राष्ट्रपति हुँदा कुन पार्टीको भनेर ? अनि नेपाली काँग्रेसको भनेपछि । उनीहरुले तपाईंहरुको नेपाली काँग्रेसको नेता विपी कोइरालालाई मैले भेटेको छु भने ।

विपीका पिता कृष्णप्रसाद कोइराला अहिंसावादी एवम् समाजवादी थिए जसले तात्कालीन श्री ३ महाराज चन्द्रशमशेरलाई थोत्रा, पुराना र जुम्रै जुम्रा परेका लुगाहरुको पोको चन्द्रशमशेरलाई पठाए

मोहनशमशेर प्रधानमन्त्रीबाट हटेपछि बेङलोरतिर बस्दा उनको विपीसँग भेट भएछ । र मोहनशमशेरले विपीलाई एकचोटी सोधेछन्, – विपी तपाईको के छ त ईच्छा ? तपाईले जनताको उत्थान र कसरी विकास गर्ने भन्नुभाछ भनेर । विपीले भनेछन्, – मोहनशमशेरज्यू, खास गरेर म त, एउटा मध्यमवर्गीय तथापि मेरो बुवा, बाजेहरु त जमिनदार हुनुहुन्थ्यो । राणाहरुलाई, चन्द्रशमशेरलाई गाउँको जीवन यस्तो छ, मान्छेहरु ढाकर बोकेर, एकसरो लगाएर, जुम्रै–जुम्रा भाको लुगा लगाएर खाली खुट्टा हिडिराछन् ।

कतिले खान पनि पाएको छैन, तपाईहरु चाही विशाल महलमा बसेर सुविधा भोगिरहनुभाछ । तात्कालीन समयम विपीका बाबु कृष्णप्रसाद कोइरालाले नयाँ लुगा किन्दिएर गाउँलेहरुलाई लगाउन दिएर, तिनीहरुको थोत्रा–मोत्रा, जुम्रै–जुम्रा भएको लुगा चाही पोको पारेर चन्द्रशमशेरको दरबारमा पठाएदिए । कृष्णप्रसाद कोइराला पनि गान्धीबाट प्रेरित थिए ।

दरबारमा चन्द्रशमशेरले कृष्णप्रसाद सुब्बाले के पठाएछन् त पोकोमा भनेर भारदारी सभामा खोल्दाखेरी सबै जुम्रा परेका, फोहोर र थोत्रा लुगा मात्र । त्यसपछि विपीका बुवा कृष्णप्रसाद कोइरालालाई सर्वस्व हरणसहित देश निकाला गरियो । मोहनशमशेरज्यू, मेरो सपना चाहीं सामान्य सर्वसाधारण जनताको पनि मेरै जस्तो जीवनस्तर होस्, स्वास्थ्यचौकी होस्, राम्रो विद्यालय गाउँमै होस्, खान, लाउनको लागि जागिर होस्, कृषिका लागि जमिन र मलखाद् होस्, स्वस्थ दुध खानको लागि घरमा एउटा गाई होस् । जनतालाई मेरै जस्तो जीवनस्तरमा ल्याउने मेरो १५ वर्षको योजना हो । मैरै लेबलमा ल्याउने योजना हो भनेर विपीले भारतमा रहेका मोहनशमशेरलाई जवाफ दिए ।

साहित्यिक विपी

नेपाली साहित्यमा पनि विपीको ठूलो योगदान छ । भाषाहरु धेरै गहन छ । मनोविश्लेषणत्मक प्रेम र संघर्षहरुलाई आधारित बनाएर समाजले हेर्ने मनोवैज्ञानिक चरित्रहरुलाई लेखेका छन् । तीनघुम्ती, मोदीआइन, नरेन्द्रदाइ, सुम्निमा, सुलोचना र आत्मवृतान्त जस्ता कृतिहरु छन् जसले साहित्यिक क्षेत्रमा पनि योगदान गर्न सफल भए । विपी राजनीतिमा नलागेर साहित्यकार मात्रै भएको भए पनि निकै राम्रो उपन्यासकार हुन्थे ।

    Comment Here!


सम्बन्धित समाचार

View All