काठमाडौँ, ३१ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन ।” प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ ...