एजेन्सी,१७ चैत । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ । ...