ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धेरै बच्चा जन्माएका बावुआमालाई मुटु रोगको खतरा


admin
चैत्र १४, २०७५ बिहीबार  १२ : ०० बजे

एजेन्सी,१४ चैत । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । 
“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् । 

उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिनुभयो । 

तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उहाँले बताउनुभयो । त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्वन्धी समस्याहरु हुने गरेको पाइएको अध्ययनले देखाएको छ । 

यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ । अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० बर्ष वा त्यो भन्दा धेरै उमेरका थिए । 
अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई बर्षदेखि मुटुसम्वन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए । 

“अध्ययनले महिला पुरुष दुवैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,” अध्ययनकर्ता हिप्पले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com