ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु


admin

एजेन्सी,१५ चैत ।  बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । 

राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । 

आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । 

अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो । 

एक जना वरिष्ट अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिनुभयो । उहाँले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताउनुभयो । 

“आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगिसक्यो । हामीले २४ जनाको शव उनीहरुको आफन्तलाई जिम्मा लगाइसक्यौं,” ढाका महानगरीय प्रहरीका उपआयुक्त मोस्ताक अहमदले बताउनुभयो । 

आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । 

उक्त आगलागी बिहीबार अपराह्न शुरु भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयबासी जुटेका थिए । 

अग्निनियन्त्रकहरुलाई सैनिक सहयोग समेत प्राप्त भएको थियो । सैनिक हेलिकप्टरबाट केहीको उद्धार गरिएको थियो । अग्निनियन्त्रकहरु लामा भ¥याङको सहायताबाट भवनका झ्यालका सिसा फुटाएर उद्धार कार्यमा जुटेका थिए । 

गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो । 

सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको छ । “केबल दुईवटा भवन सुरक्षित देखिए,” बंगलादेश विश्वविद्यालयका प्रोफेसर मेहेदी अहमद अन्सारीले बताउनुभयो । विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेको थियो । 

राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो । नोभेम्बर २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो । 

अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com