ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री मोदीले आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप


admin

एजेन्सी,१६ चैत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । 

प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न नसकेको आरोप उहाँले लगाउनु भएको हो । “प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयौ देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नु भएको छैन,” अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भन्नुभयो । 

उहाँले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफुलाई आश्चर्य लागेको पनि बताउनुभयो । महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भएपनि नगरेको टिप्पणी गर्नुभयो । 

उहाँले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै “चौकिदार” बनेको तर गरिबको “चौकिदार” नभएको आरोप लगाउनुभयो । मोदी नेतृत्वको सरकार “किसानको विरुद्धमा, जनताको विरुद्धमा” रहेको र धनीलाई झन धनी बनाउन केन्द्रीत भएको काँग्रेस महासचिव गान्धीको भनाई छ ।

भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिश्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ । आउदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका बीचमा कडा प्रतिश्पर्धा हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

सम्बन्धित

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com