ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री मोदीले आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप


admin
चैत्र १६, २०७५ शनिबार   १२ : ०९   बजे

एजेन्सी,१६ चैत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । 

प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न नसकेको आरोप उहाँले लगाउनु भएको हो । “प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयौ देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नु भएको छैन,” अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भन्नुभयो । 

उहाँले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफुलाई आश्चर्य लागेको पनि बताउनुभयो । महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भएपनि नगरेको टिप्पणी गर्नुभयो । 

उहाँले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै “चौकिदार” बनेको तर गरिबको “चौकिदार” नभएको आरोप लगाउनुभयो । मोदी नेतृत्वको सरकार “किसानको विरुद्धमा, जनताको विरुद्धमा” रहेको र धनीलाई झन धनी बनाउन केन्द्रीत भएको काँग्रेस महासचिव गान्धीको भनाई छ ।

भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिश्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ । आउदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका बीचमा कडा प्रतिश्पर्धा हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group