काठमाडौं १२ माघ । धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् । खेल बिहान १० बजे शुरू हुनेछ । हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो । ...