ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी र मधेश प्रदेशमा मन्द शीतलहर, जनजीवन प्रभावित


एबीसी न्यूज

काठमाडौं १२ माघ । अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने अनुमान छ । बाँकी तराईका धेरै ठाउँमा आज पनि हुस्सुरकुहिरो लागेको र दिउँसोपछि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी र हिमाली भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी पहाडी र हिमाली भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

महाशाखाले तराई मधेशमा चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको सुनसरीको कोशी गाउँपालिका–७ का झगडु सदाले बताउनुभयो ।

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । चिसो र शीतलहरको कारण आफूहरु जोखिममा परेको सर्लाहीको बसवरिया गाउँपालिका–३ मुसहर माझी बस्तीकी जोनिता माझीले बताउनुभयो ।

तराई मधेशका सबैजसो जिल्लामा चिसोको समस्या छ । तराईरमधेशमा हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन प्रभावित बनिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने चिसो घटिरहेको छ ।

पश्चिमी वायुको प्रणाली कमजोर हुँदा चाँडै चिसो घटेको मौसमविद् सुदर्शन हुमागाईंले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अघिल्लो वर्षको यही समयको औसत तापक्रम भन्दा यस वर्ष औसत तापक्रम ५ दशमलव दुई डिग्री सेल्सियसले बढेको छ । यो क्रम सबैजसो पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ ।

यसपटक हिउँद सुक्खा भएको छ । बितेका केही वर्षदेखि नै नेपालमा हिउँद सुक्खा हुन थालेको छ । यसैबीच तराईमा चिसो र बाँकी भागमा तातो बढे पनि वायु प्रदूषण सबैतिर बढेको छ ।

हिउँदे वर्षा नभएकोले सुक्खा हावामा प्रदूषणको मात्रा बढ्दै गएको वातावरण विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो ।

अहिले हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ७४ रहेको काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीको नवौँ स्थानमा छ । एक्यूआई एक सय ५० भन्दा धेरै भएको हावालाई अस्वस्थर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com